कुमारी बैंकद्वारा दुर्घटना बीमाको १० लाख भुक्तानी
काठमाडौं । कुमारी बैंकले दुर्घटना बीमाको १० लाख रुपैयाँ भुक्तानी गरेको छ । बैंकले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरेको हो । बेनी शाखामार्फत सो रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
कुमारी परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधामा खातावालसहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले यो बीमा सुविधा, सानिमा जीआईसी इन्स्योरेन्ससँगको सहकार्यमा गरेको हो । परिवार सुरक्षा बचत खाता योजनामा दुर्घटना बीमा, जीवन बीमा, चिकित्सा उपचार तथा अन्य गम्भीर रोगका बीमाहरू पर्दछन् । विगत चार वर्षदेखि ग्राहकको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बीमालगायत अन्य सेवाहरू प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया