Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअभियान लघुवित्तको साधारणसभा

अभियान लघुवित्तको साधारणसभा


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको तेस्रोे वार्षिक साधारणसभा बिहीबार पनौतीस्थित ताम्राकार पार्टी भेन्यूमा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको वर्तमान अवस्था र विद्यमान समस्याको बारेमा जानकारी गराएका थिए ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित ग-यो । साथै, सभाले सञ्चालक समितिले सर्वसाधारण सेयरधनीको तर्फबाट उमेश दाहाल र नारायणप्रसाद प्रसाईंलाई सञ्चालकमा मनोनित गरेको निर्णय अनुमोदन गरेको छ । सभामा पछिल्लो समय लघुवित्तमाथि थपिएको चुनौतीका विषयमा छलफल चलेको थियो । चालू आवमा नै सर्वसाधारणमा सेयर जारी गरेको संस्थाको चुक्ता पुँजी २५ करोड रहेको छ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले आव २०७८/०७९ सम्ममा देशभर २१ जिल्लाका ६० वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया