Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको घर कर्जा योजना

कुमारी बैंकको घर कर्जा योजना


काठमाडौं । कुमारी बैंकले आकर्षक घर कर्जा सार्वजनिक गरेको छ । बैंकले ११ दशमलव ७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जाको सुविधा उपयोग गर्न सक्ने गरी योजना सार्वजनिक गरेको हो ।

यो योजनाअन्र्तगत पहिलो सात वर्षसम्म ब्याजदर निश्चित रहने बैंकले जनाएको छ । ऋण प्राप्त गरेपश्चात्, ग्राहकहरूले सो ऋण रकमलाई नयाँ घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा अन्य थप निर्माण कार्य गर्न पनि प्रयोग गर्न सक्छन् । विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका तीन सय दुईवटा शाखा, ४९ एक्सटेन्सन काउन्टर, तीन सय आठवटा एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया