Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआशा र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार

आशा र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार


काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गरेका छन् । नुवाकोटको ककनीस्थित जुरेथुममा रजिस्टर्ड कार्यालय रहेको लघुवित्तमा बनेपाको साँगामा रजिस्टर्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था गाभिएको छ । गाभिएका दुई संस्थाको एकीकृत कारोबार आइतबारबाट सुरु भएको हो ।

एकीकृत कारोबार सुरु भएपछिको शुभारम्भ कार्यक्रमलाई संस्थाका संस्थापक अध्यक्ष रामबहादुर पाण्डेले सम्बोधन गरेका थिए । कार्यक्रममा सभापति निर्गुणप्रसाद भट्टचन, रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटे, आशा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाललगायतको उपस्थिति रहेको थियो । एकीकृत कारोबारपश्चात् आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत्र मसान्तको वित्तीय प्रतिवेदको आधारमा संस्थाको कुल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार, जगेडा कोष २४ करोड ९९ लाख ६३ हजार आठ सय ७०, बचत संकलन दुई अर्ब ७५ करोड ३६ लाख १५ हजार तीन सय २०, कुल लगानीमा रहिरहेको कर्जा आठ अर्ब ७३ करोड १७ लाख ३७ हजार एक सय ९०, कुल शाखा कार्यालय संख्या एक सय ५६, कुल सदस्य संख्या एक लाख २९ हजार चार सय ४२, कुल ऋणी संख्या ७३ हजार छ सय पाँच कुल कर्मचारी संख्या छ सय १२ पुग्ने वित्तीय संस्थाले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया