कृषि विकास बैंक र दराजबीच सम्झौता
काठमाडौं । कृषि विकास बैंक र दराजबीच सम्झौता भएको छ । बैंकले अनलाइन ई–कमर्स प्लेटफार्म दराज नेपालसँग महाबचत बजार अभियानको लागि छुट उपलब्ध गराउने बारेमा सम्झौता गरेको हो ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत, प्रताप सुवेदी र दराजका हेड अफ पेमेन्ट, अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । दराज अनलाइन प्लेटफार्ममा ग्राहकका लागि उपभोग्य सामग्रीजस्तै खाद्य सामग्री, मसलाजन्य, इलेक्ट्रिकललगायत त्यसमा उपलब्ध सम्पूर्ण सामानहरू खरिदमा बैंकको कार्ड प्रयोग गर्दा छुट पाउने गरी सम्झौता भएको हो ।
सम्झौतापछि महाबचत बजार अभियानमा ग्राहकले अब प्रि–पेमेन्टमा १० प्रतिशत वा अधिकतम एक हजार बराबरको छुट पाउन सक्नेछन् । त्यसैगरी दराजबाट खरिद गर्दा ग्राहकले १५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय रूपैयाँसम्मको छुट पाउने भएका छन् । ग्राहकले तोकिएको छुटहरूको लाभ लिनका लागि आफ्नो बैंक कार्डमा ई–कम सेवा सक्रिय गर्नुपर्नेछ ।
कृषि विकास बैंक र दराजबीच भएको यस सम्झौताले दुवै पक्षका ग्राहकलाई महाबचत बजारमा छुटको भरपूर लाभ लिन सहज बनाउने विश्वास बैंकले लिएको छ । तोकिएको प्रि–पेमेन्ट छुटहरू महाबचत बजारको लाइभ पिरियड २० देखि ३० जुलाईमा मात्रै उपलब्ध हुने बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया