सिटिजन्स बैंकको सहयोग
काठमाडौं । सिटिजन्स बैंकले चितवनको गलेश्वर आश्रमलाई सहयोग गरेको छ । बैंकको नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तनहुँको देवघाटस्थित संस्कृत गुरुकुलमार्फत देशभरिका निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको गलेश्वर आश्रमलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
संस्कृत गुरुकुल भवन निर्माणका लागि यसअघि नै तीन लाख रकम प्रदान गरिएको बैंकले जनाएको छ । भवन निर्माणको प्रगति हेरेर अब थप दुई लाख रुपैयाँ लगानी गर्न लागिएको बैंकले जनाएको छ । गुरुकुल शिक्षामार्फत संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पु-याउँदै निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएकाले सो संस्थालाई सहयोग गरिएको बैंकले जनाएको छ ।
त्यस्तै, बैंकको सम्सी शाखाले श्री जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १०० विद्यार्थीलाई झोला वितरण गरेको छ । विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायका कमजोर आर्थिक अवस्था भएका छन् । यो सहयोगले उनीहरूको शैक्षिक कार्यमा सहयोग गने बताइएको छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४५ वटा एटीएम तीनवटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया