झापा इनर्जीले आईपीओ ल्याउँदै
काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले छ लाख ६६ हजार छ सय कित्ता सेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
शुक्रबार झापा इनर्जी लिमिटेड पिङ्गलास्थानमा एक कार्यक्रमका बीच कम्पनीले सिभिल क्यापिटललाई नियुक्त गरेको हो । सम्झौतापत्रमा झापा इनर्जी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरेका छन् । कार्यक्रममा झापा इनर्जी लिमिटेडका वित्तीय परामर्शदाता कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक सरोज श्रेष्ठ र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत इन्दिरा न्यौपानेको पनि उपस्थिति रहेको थियो ।
सर्वसाधारण (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपालीसहित)का लागि जारी हुने सेयर छ करोड ६६ लाख ६० हजार रुपैयाँ रकम बराबरको छ लाख ६६ हजार छ सय कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्नकानिम्ति नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्काशनका लागि आवेदन दिने योजना रहेको छ । कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको, आयोजना कम्पनीको विकास गर्न २२ बिगाहा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुले दिए । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्यप्रगति हासिल भएको छ ।
कम्पनीको निर्माण अवधिको ब्याजसहित कुल परियोजना लागत ७९ करोड ९० लाख रुपैयाँ रहेको छ । आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड (साविक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग २५ वर्षका लागि प्रतियुनिट सात दशमलव ३० रुपैयाँमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया