कुमारी क्यापिटलको सीईओमा शर्मा
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुष्प शर्मा नियुक्त भएका छन् । असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा साउन एक गतेदेखि लागू हुने गरी शर्मालाई नियुक्त गरेको हो ।
यसअघि शर्माले कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । बंैकिङ तथा वित्तीय क्षेत्रमा १३ वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका शर्मा स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्वको रूपमा चिनिँदै आएका छन् । उनी कुमारी क्यापिटलमा आबद्ध हुनुपूर्व नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको रूपमा नेपाल एसबीआई बैंकबाट काजमा रही कार्यरत रहेका थिए ।
नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवम् क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुने विश्वास क्यापिटलले लिएको छ । कुमारी बैंकको सहायक कम्पनीका रूपमा रहेको क्यापिटलको चुक्ता पुँजी ४० करोड रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया