बैंकिङ कसुरको अभियोगमा पूर्वमन्त्री यादव पक्राउ
काठमाडौं । पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका यादवलाई बैंकिङ कसुरको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट जारी भएको पक्राउपुर्जीको आधारमा बाँके प्रहरीले यादवलाई पक्राउ गरेर बुटवल पठाएको छ ।
प्रहरीका अनुसार यादवलाई आइतबार साँझ नेपालगञ्जबाट पक्राउ गरिएको हो । बाँकेको डुडुवा गाउँपालिका वडा नं. १, होलिया निवासी यादव लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री हुन् । प्रहरीका अनुसार गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए । पर्याप्त रकम नभएको बैंकको चेक दिएपछि यादवले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा पूर्वमन्त्री यादव पक्राउ परेका हुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया