Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकका ग्राहकलाई छुट


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकलाई विभिन्न सेवामा छुट दिने विषयमा सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले ती संस्थाको सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार तिनकुनेमा अवस्थित रिद्धिसिद्धि डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा सेवामा लिन जाँदा बैंकका ग्राहकले अधिकतम २० प्रतिशत छुट पाउने भएका छन् । यसैगरी ललितपुरको भैँसेपाटीमा अवस्थित अर्बन स्माइल डेन्टल क्यर प्रालिका सेवामा अधिकतम २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । त्यस्तै, काठमाडौंको न्युरोडमा रहेको सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवामा पनि अधिकतम २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा यस्ता सुविधा ल्याउने गरेको छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४५ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बताएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया