Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको सहयोग


काठमाडौं । महालक्ष्मी विकास बैंकका दुई दर्जन शाखाले सहयोग कार्यक्रम सञ्चालन गरेका छन् । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् देशभरका विभिन्न शाखाबाट सहयोग कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा सो कार्यक्रमअन्तर्गत् विद्यालय, स्वास्थ्य संस्था, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमलाई सहयोग गरिएको बैंकले जनाएको छ । सोअनुसार हाकिमचोक शाखाद्वारा गैंडाकोट नगरपालिका वडा नं ३ मा अवस्थित भुजेल गाउँका अतिविपन्न ३५ घरधुरीलाई शौचालयको रङ्गरोगनका लागि आर्थिक सहयोग गरेको छ । शौचालयको रंगरोगन एवम् सन्देशमूलक स्वास्थ्य तथा सरसफाइसम्बन्धी सन्देश लेखाइका निमित्त रोटरी क्लब अफ गैँडाकोटलाई दुई लाख ५० हजार बराबरको आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । यसैगरी नेपालगञ्ज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ९ मा अवस्थित निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई स्वास्थ्य परीक्षणका लागि आवश्यक सामग्री सहयोग गरेको बताइएको छ । साँफे शाखाद्वारा बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाँज्रामा अवस्थित राष्ट्रभाषा माध्यमिक विद्यालयलाई पर्खाल तथा खेल मैदान निर्माण र प्रभावकारी कक्षा सञ्चालनका लागि एक लाख ५० हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

No description available.

बैंकको विराटनगर शाखाले महानगरको वडा नं ८ मा अवस्थित विराटेश्वर वृद्घाश्रम सेवा समितिलाई सभाहल निर्माणका निमित्त ५० हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । सुर्खेत शाखाले पनि वीरेन्द«नगर नगरपालिका वडा नं १२ मा अवस्थित मानवसेवा आश्रमलाई खाद्यान्न, फलफूल, तरकारी तथा दैनिक अत्यावश्यक सामग्री प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बाँसगढी शाखाले पनि बाँसगढी नगरपालिका वडा नं ५ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

यसबाहेक काठमाडौं उपत्यकाबाहिर बैंकको बेलौरी, अमरपथ, चरिकोट, बिर्तामोड, पाटन, चैनपुर, भैरहवा, लहान, दमक, धनगढी, पोखराको चिप्लेढुङ्गा, लेकसाइड, राप्तीको खुरखुरे र तीनचुली शाखाले पनि विभिन्न क्षेत्रमा सहयोग गरेको छ । त्यस्तै, उपत्यकाभित्र बैंकको केन्द«ीय कार्यालयले पुल्चोक क्याम्पस (इन्स्टिच्युट अफ इन्जिनियरिङ) लाई कम्बोडियामा आयोजित एक कार्यक्रममा सहभागिता जनाउनका लागि एक लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । त्यस्तै, भाटभटेनी, कोटेश्वर, मैतिदेवी, महाराजगञ्ज, सानोभ¥याङ्ग, कालीमाटी र भक्तपुर शाखाले विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया