Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएसडीसी लघुवित्तको खुद नाफा ११ करोड १६ लाख

आरएसडीसी लघुवित्तको खुद नाफा ११ करोड १६ लाख


काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक २०७९/८० मा ११ करोड १६ लाख ४५ हजार दुई सय २० रूपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १० करोड ५६ लाख ११ हजार दुई सय ६३ रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार दुई सय एक रूपैयाँ रहेको संस्थाले आव २०७९/८० मा छ अर्ब ७२ करोड १७ लाख ३७ हजार साता सय १९ रूपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट २८ करोड ४९ लाख ५२ हजार आठ सय ९५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात एक दशमलव २२ प्रतिशत रहेको छ भने स्प्रेडदर एक दशमलव ८२ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले पाँच अर्ब ४० करोड १७ लाख ५५ हजार नौ सय ४८ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा संस्थाले २३ करोड ९० लाख ३५ हजार आठ सय ३० रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४९ प्रतिशत रहेको थियो । उक्त अवधिमा संस्थाको स्प्रेडदर भने दुई दशमलव ९२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया