Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिला बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग

सांग्रिला बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट सहयोग गरेको छ । साउन ३ गते मालीगाँउका ट्राफिकलाई ज्याकेट सहयोग गरेको हो । ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले ज्याकेट सहयोग गरेको बैंकले जनाएको छ ।

ज्याकेट हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेटले ट्राफिक प्रहरीको सेवामा सघाउ पुग्ने विश्वास व्यक्त गरे । ट्राफिक प्रहरी वृत, मालीगाँउका प्रहरी निरीक्षक सागर घलेले यस किसिमको सहयोगले ट्राफिक प्रहरीलाई मद्दत पुगेको बताए । बैंकले देशभर आफ्ना एक सय १२ शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया