Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी भ्यालु फण्ड २ को बिक्री खुला

लक्ष्मी भ्यालु फण्ड २ को बिक्री खुला


काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को बिक्री खुला भएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गते अर्थात् शुक्रबारदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । क्यापिटलले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत् सञ्चालन हुने गरी प्रतिइकाइ १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको आठ करोड इकाइहरू निष्काशन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंकले बीउ पुँजीको रूपमा लगानी गर्नेछ भने बाँकी रहेको छ करोड ८० लाख इकाइ सर्वसाधारणको लागि बिक्री खुला गरेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् । आज साउन ५ गते शुक्रबारबाट निष्काशन हुने यो फन्डमा लगानीकर्ताले छिटोमा साउन नौ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया