प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले देशका विभिन्न ठाउँमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ । एकीकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरूलाई एकीकृत गर्ने उद्देश्यले मंगलबार कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार मंगलबार झापाको बिर्तामोड, पर्साको वीरगञ्ज, दाङको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा दुवै कम्पनीका सक्रिय अभिकर्तालाई सहभागी गराइएको थियो । चारै ठाउँमा भएको कार्यक्रममध्ये सबै कार्यक्रममा सय जनाभन्दा बढी अभिकर्ताको उपस्थिति देखिएको छ । कार्यक्रममा मर्जरपछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरू, एजेन्सी सिस्टम र एजेन्सी स्किमका बारेमा अभिकर्तालाई प्रशिक्षण दिइएको थियो ।
बिर्तामोडमा सोनबहादुर मगर र प्रभाकर न्यौपाने, वीरगञ्जमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्तराज धमला र योगेन्द्रप्रसाद खतिवडा तथा धनगढीमा किशोरप्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षक सबैजना प्रभु महालक्ष्मी लाइफ कम्पनी प्रधान कार्यालयका वरिष्ठ अधिकृतहरू भएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया