Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकले माग्यो फेलोसिपका लागि आवेदन

नबिल बैंकले माग्यो फेलोसिपका लागि आवेदन


काठमाडौं । ‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमका लागि आवेदन खुला भएको छ । एसएसईअन्तर्गत् दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै तेस्रो ब्याचका लागि आवेदन खुला गरिएको बैंकले जनाएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।

कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्षमाथिका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यसका लागि नबिल एसएसईको फेसबुक पेजमा रहेकोे लिंकमा गई गुगल फारमबाट आवेदन दिन सकिने बताइएको छ । आवेदनको अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ । सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम छ महिनासम्म चल्ने बताइएको छ । साथै, हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधिभर तथा बाँकी छ महिना गरी एक वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्ने बताइएको छ ।

No description available.

आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि सुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् । विभिन्न पृष्ठभूमिबाट आएका सहभागीले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानुनी तथा करसम्बन्धी ज्ञान, व्यवसायको ब्रान्डिङ, बजारीकरणजस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । विभिन्नअन्र्तक्रिया कार्यक्रम तथा प्रक्रियाद्वारा सहभागीलाई प्राविधिक तथा व्यावहारिक ज्ञान उपलब्ध गराइएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया