लर्डबुद्ध र नेपाल लाइफबीच सम्झौता
काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । मुलुकभित्र व्यावसायिक शिक्षा र सिपयुक्त रोजगारी सिर्जना गर्ने विषयमा सम्झौता भएको नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ । सिपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्ने एवम् व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबीच सहकार्य गर्नेबारे सम्झौता भएको हो । सहमतिपत्रमा फाउन्डेसनका अध्यक्ष पंकज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।
फाउन्डेसनमा सूचना प्रविधिको विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने गरी सम्झौता भएको कम्पनीले जनाएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजागारीको समेत अवसर पाउने फाउन्डेसनका अध्यक्ष पंकज जलानले बताए । यस्तै, एमबीए र एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीका तर्फबाट छ जना विद्यार्थीलाई फाउन्डेसनले निःशुल्क अध्ययन सुविधा उपलब्ध गराउनेसमेत सहमति भएको छ । इन्स्योरन्स कम्पनीले छनोट गर्ने छ जना विद्यार्थीलाई शैक्षिक सत्रमा लाग्ने १० लाख २० हजार रुपैयाँ खर्च फाउन्डेशनले ब्यर्होने छ । नेपाल लाइफ कम्पनीमा कार्यरत बीमा अभिकर्तामध्ये छ जनालाई सूचना प्रविधिको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च फाउन्डेसनले ब्यहोर्ने गरी सहमति भएको छ ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमन पराजुलीले सामाजिक उत्तरदायित्वअन्र्तगत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए । सो कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने उनको भनाइ छ । सूचना प्रविधिको विकास र प्रयोग बढे पनि सोअनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफूहरूले पहल गरेको अध्यक्ष जलानको भनाइ छ । सरकारले पछिल्लो समय अंगीकार गरेको ‘पढ्दै कमाउँदै’ नीतिको व्यावहारिक कार्यान्वयनका लागि फाउन्डेसनले पनि पहल गरिरहेको अध्यक्ष जलानले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया