थप ११ कम्पनीले पाए लाइसेन्स
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई सेयर ब्रोकरको इजाजत दिएको छ । बोर्डले सेयर दलालसम्बन्धी कारोबार सञ्चालनका लागि आशयपत्र दिएका ४३ कम्पनीमध्ये ११ कम्पनीलाई लाइसेन्स दिएको हो । बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार साउन ४ गते बसेको बोेर्ड सञ्चालक समितिको बैठकले प्रक्रिया पूरा गरेका ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो । लाइसेन्स पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, एसपीएसए सेक्युरिटिज, एनएमबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टकस्कार्टस सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज छन् । प्रवक्ता श्रेष्ठका अनुसार यी ब्रोकर कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा अनुुमति पाएका हुन् ।
बोर्डले यसअघि दुई चरणमा १८ वटा कम्पनीलाई लाइसेन्स दिएको थियो । स्टक ब्रोकर कम्पनी सञ्चालनका लागि आवेदन दिएका ४५ मध्ये ४३ वटालाई आशयपत्र प्रदान गरेको बोर्डले पहिलो चरणमा सात र दोस्रो चरणमा ११ वटा कम्पनीलाई लाइसेन्स दिएको थियो । यससँगै पहिलेदेखि सञ्चालनमा रहेका ५० वटा ब्रोकर कम्पनी र नयाँ २९ वटा गरी अब सेयर कारोबार गराउने कुल ब्रोकर संख्या ७९ पुगेको छ । बोर्डले २०७९ असोज २ गते ३० दिनको अवधि तोकेर धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । सोही मागबमोजिम ब्रोकर कम्पनीको लागि ४५ कम्पनीले आवेदन दिएका थिए । बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ तोकेको छ भने पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि २० करोड रुपैयाँ तोकेको छ । चुक्ता पुँजी, ब्रोकर कम्पनीको लागि आवश्यक पूर्वाधार, कागजपत्र पुगेका कम्पनीहरूलाई ब्रोर्डले अनुमति दिने गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया