Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेटलाइफ फाउन्डेसन र वुमन एक्टको संयुक्त कार्यक्रम

मेटलाइफ फाउन्डेसन र वुमन एक्टको संयुक्त कार्यक्रम


काठमाडौं । सीमान्तकृत एवम् जोखिममा परेका महिलाहरूलाई मेटलाइफ फाउन्डेसन र वुमन एक्टले तालिम दिएका छन् । नेपालका सीमान्तकृत र जोखिममा परेका समुदायको पाँच हजारभन्दा बढी महिला उद्यमीका लागि दुई संस्थाले संयुक्तरूपमा कार्यक्रम आयोजना गरेका हुन् ।

यो कार्यक्रमद्वारा मेटलाइफ फाउन्डेसन र वुमन एक्टले महिला उद्यमीका लागि क्षमता अभिवृद्धि र नवप्रवर्तनलाई अगाडि बढाउन मद्दत गर्ने विश्वास आयोजक कम्पनीको छ । यसले वित्तीय साक्षरता, बजारसम्बन्धी जानकारी र नेतृत्वका अवसरहरूलाई सहज बनाउन मद्दत गर्ने लक्ष्य राखेको मेटलाइपले जनाएको छ । यो आयोजना बागमती, मधेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका छ जिल्लाका नौ स्थानीय तहमा लागू गरिएको कम्पनीको भनाइ छ ।

सरकारी अनुदान, लघु कर्जा र सामाजिक–आर्थिक अवस्थामा बढेको उत्थानका कारण नेपालमा महिला उद्यमशीलता फस्टाउँदै गएको छ । सीमित गतिशीलता, उच्च निरक्षरता दर र व्यावसायिक सिप र बजार ज्ञानको कमीजस्ता चुनौतीले अझै पनि व्यवसायीलाई बाधा पु-याइरहेको भन्दै यस्ता कार्यक्रमबाट समस्या समाधानमा सहयोग मिल्ने विश्वास आयोजकको छ । उनीहरूलाई डिजिटल बिक्री र वित्तीय साक्षरता तालिमका साथसाथै व्यापार मोडल परिमार्जनमार्फत इ–कमर्स र अनलाइन लेनदेनको बारेमा जानकारी दिने कम्पनीको लक्ष्य छ । कम्पनीले सरकारी अनुदानमा सञ्चालित कार्यक्रमहरू, नीति, लघुवित्त र बीमा योजनाहरूको बारेमा पनि जानकारी दिनेछ । साथै, उनीहरूलाई अभ्यास नेटवर्कको समुदाय विकास गर्न र ज्ञान र उत्कृष्ट अभ्यासहरू, उपकरणहरू, चुनौती र नवीन उत्पादनहरू एकअर्कासँग प्रभावकारीरूपमा साझेदारी गर्न पनि मद्दत गर्ने कम्पनीको विश्वास छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया