महालक्ष्मी विकास बैंकद्वारा प्राडा भट्टराई सम्मानित
काठमाडौं । लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय रहेका प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित भएका छन् । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले उनलाई सम्मान गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिकरूपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार–२०७९ यो वर्ष भट्टराईले पाएका हुन् ।
बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भुप्रसाद पराजुलीले ५१ हजार राशिको उक्त पुरस्कार (रकम बराबरको चेकका साथै सम्मानपत्र) भट्टराईलाई हस्तान्तरण गरेका हुन् । साहित्यकार भट्टराईले विभिन्न विधामा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पु-याएको योगदानको कदरस्वरूप बैंकले सो सम्मान गरेको हो । सम्मानित साहित्यकारले बैंकले पनि साहित्यिक पुरस्कार स्थापना गरेकोमा हर्ष व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्न अनुरोध गरे । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी बनाउनेमा बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया