एभरेस्ट बैंकको शाखा जनकपुरको मुरलीचोकमा
काठमाडौं । एभरेस्ट बैंकले जनकपुरको मुरली चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जनकपुर उप–महानगरपालिकाको वडा नं. ४ मा पर्ने मुरली चोकमा शुक्रबार नयाँ शाखाको उद्घाटन गरिएको हो । योसँगै जनकपुरमा दुईसहित मधेश प्रदेशमा १४ शाखा पुगेको बैंकले जनाएको छ ।
शाखाको उद्घाटन जनकपुर उप–महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले गरेका छन् । उद्घाटन समारोहमा बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूति न्यौपानेलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष झाले यो शाखाले सर्वसाधारणको वित्तीय पहुँचलाई अझ सहज बनाएको भन्दै बैंकलाई धन्यवाद दिए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्दै पञ्जाब नेसनल बैंकसँगको साझेदारीले स्थानीय बासिन्दालाई रेमिट्यान्स र अन्य बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया