Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको कार्यक्रम

ज्योति विकास बैंकको कार्यक्रम


काठमाडौं । ज्योति विकास बैंकले १५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना गरेको हो ।

शारीरिक तवरले फरक बालबालिकाका लागि कृत्रिम हात प्रदान गर्न इनएवल नेपालसँग सहकार्यसम्बन्धी सम्झौता समेत गरेको बैंकले जनाएको छ । इनएवल नेपालसँगको सहकार्यमा बैंकले १५ जना बालबालिकालाई थ्रिडी प्रिन्टेड प्रोहिस्टिक ह्यान्डस प्रदान गर्ने बताइएको छ । यी हातले बालबालिकलाई दैनिक जीवनका सामान्य काम गर्न मद्दत पु-याउनेछ र समान अवसर प्राप्ति गरी जीवन गुणस्तर परिवर्तनमा सहयोग हुनेछ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा इनएवल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

विगत ३३ वर्षदेखि जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको फेक्ट नेपालसँगको सहकार्यमा बैंकले १५ विभिन्न ठाउँमा स्वास्थ्यसम्बन्धी कार्यक्रमको आयोजना गर्ने सम्झौता गरेको छ । फेक्ट नेपालको प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतनामूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविरजस्ता विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता बैंकले गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत भट्ट तथा फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

त्यस्तै, वार्षिकोत्सवको अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवद्र्धनका लागि वृक्षारोपण कार्यक्रमको पनि आयोजना गरेको छ। त्यस्तै, बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको बैंकले जनाएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको बैंकको भनाइ छ । कार्यक्रममा ग्राहकवर्ग, कर्मचारी लगायत स्थानीय बासिन्दाहरूको सहभागीता रहेको थियो । करिब ७५ जनाले उक्त कार्यक्रममा रक्तदान गरेका थिए । वार्षिकोत्सवमा बैंकले लमजुङस्थित अपाङ्ग संरक्षण समाजसँगको साझेदारीमा अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सहायता सामग्री प्रदान गरेको बैंकले जनाएको छ । बेसीशहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले उक्त सहायता सामग्रीहरू वितरण गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया