नबिल इन्भेस्टमेन्ट र तेह्रथुम पावरबीच सम्झौता
काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ र तेह्रथुम पावर कम्पनीबीच सम्झौता भएको छ । तेह्रथुम पावर कम्पनीको सञ्चालक समितिको निर्णयानुसार आफ्ना सेयरधनीलाई १ः१ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक चयन गर्ने विषयमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र इन्भेस्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका छन् । तेह्रथुम पावर कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत् विसं २०६६ स्थापना भई विसं २०७५ असारमा प्राइभेट कम्पनीबाट पब्लिक लिमिटेड बनेको कम्पनी हो ।
सात दशमलव पाँच मेगावाट विद्युत् उत्पादन क्षमताको यस कम्पनीको विद्युत् खरिदसम्बन्धी सम्झौता २०७३ साल कार्तिक महिनामा नेपाल विद्युत् प्राधिकरणसँग भएको थियो ।
सम्झौतामा नबिल इन्भेस्टमेन्टले तेह्रथुम पावर सर्वसाधारणमा हकप्रद सेयर निष्काशनका लागि पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायबाट हकप्रद सेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया