Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिड सोलु हाइड्रोपावरको आईपीओ

मिड सोलु हाइड्रोपावरको आईपीओ


काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले साधारण सेयरको बिक्री (आईपीओ) खुला गरेको छ । कम्पनीले आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो । कम्पनीले हाल कायम रहेको जारी पुँजी ७४ करोड ८४ लाख रूपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको सात करोड ४८ लाख ४० हजार रूपैयाँ बराबरको सात लाख ४८ हजार चार सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रमा जनताहरूको लागि बिक्री खुला गरेको जनाएको छ । बिक्री खुला गरिएको कुल सेयरमध्येमा पाँच लाख ६१ हजार तीन सय कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दूधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दालाई र एक लाख ८७ हजार एक सय कित्ता सेयर सोबाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि बाँडफाँट गरिने कम्पनीले जानकारी दिएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्येमा १० प्रतिशतका दरले हुन आउने ७४ लाख ८४ हजार रूपैयाँ बराबरको एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको ७४ हजार ८४ कित्ता सेयर भने वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली नागरिकमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकृत १० हजार कित्तासम्मको लागि सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको हकमा छिटोमा यही साउन २८ गते र ढिलोमा भदौ ११ गते बन्द हुनेछ । यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीको हकमा भने यही साउन २८ गते बिक्री कार्य बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया