Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफस्ट माइक्रोफाइनान्सको खुद मुनाफा १९ करोड ६९ लाख

फस्ट माइक्रोफाइनान्सको खुद मुनाफा १९ करोड ६९ लाख


काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८० मा १९ करोड ६९ लाख ३० हजार छ सय ६६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा २५ करोड ७० लाख ५२ हजार नौ सय ७८ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी एक अर्ब १४ करोड ७७ लाख ४५ हजार नौ सय ५६ रुपैयाँ रहेको संस्थाले आव २०७९÷८० मा सात अर्ब ६५ करोड ६२ लाख १५ हजार आठ सय १२ रुपैयाँ कर्जा प्रवाह गरी ४३ करोड ३४ लाख ३४ हजार ३९ रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । सो अवधिमा शून्य दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर दुई दशमलव २७ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा १७ करोड ७१ लाख ७५ हजार छ सय तीन रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले १० अर्ब ३९ करोड २१ लाख ६३ हजार सात सय ६० रुपैयाँ कर्जा प्रवाह गर्दा ४२ करोड ५४ लाख ७२ हजार छ सय ६७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा निष्क्रिय कर्जा शून्य रहेको संस्थामा दुई दशमलव ६२ प्रतिशत स्प्रेडदर रहेको थियो भने वितरणयोग्य नाफा २१ करोड ९० लाख ३१ हजार तीन सय ५४ रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया