मेरो माइक्रोफाइनान्सद्वारा बीमा रकम हस्तान्तरण
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका सदस्य लक्ष्मीदेवी सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट पाँच लाख रुपैयाँ लघु उद्यम कर्जा लिएकी सदस्य लक्ष्मी सुनारका श्रीमान् भक्तबहादुर सुनारको मृत्यु दाबीबापत पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई सदस्य–अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बीमा रकम रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा–चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए ।
मेरो माइक्रोफानान्स लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख कृष्णप्रसाद उप्रेती र दोधारा–चाँदनी नगरपालिका ४ का वडाध्यक्ष भक्तबहादुर सुनारले लक्ष्मीदेवीलाई संयुक्तरूपमा उक्त बीमा रकम हस्तान्तरण गरेका थिए । सदस्य लक्ष्मीदेवी मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय दोधारा–चाँदनी, कञ्चनपुरद्वारा प्रवर्द्धित लघुवित्त कार्यक्रममा आबद्ध रहेको संस्थाले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया