होटेल क्राउन इम्पेरियलको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । अर्किड होल्डिङ्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलको साधारण सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छनोट भएको छ । कम्पनीले एक सयरुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब १५ करोड रुपैयाँ बराबरको एक करोड १५ लाख कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्नेसम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिङ्ग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलकोे तर्फबाट प्रबन्ध सञ्चालक सुधीरमान मास्केले हस्ताक्षर गरेका छन् । कम्पनीले मिति २०७६ असार १३ बाट रवीभवन, काठमाडौंमा चारतारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । एक सय ३१ वटा कोठा रहेको चारतारे होटलमा लाइभ म्युजिकसहितको रेस्टुरेन्ट, रुफटप (स्काइलाउन्ज), दुईवटा बार, ब्याङ्क्वेट हल, जिम, स्वीमिङ पुल, ५० देखि ७५ जनासम्मको दुईवटा ठूला मिटिङ हल र २० देखि २५ जनासम्मको दुईवटा मिटिङ रुम र तीन सय जनासम्मको क्षमता भएको कन्फरेन्स हललगायतका सुविधा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया