एनआईसी एसियाको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले आ.व. २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकाङ्कमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणको परिसूचक उत्साहजनक रहेको बैंकद्वारा जारी गरी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले आव २०७९/८० को चौथो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम दुई खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ पु-याएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन तीन खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ पु-याएको हो । बैंकले यस त्रैमाससम्ममा खुद मुनाफातर्फ चार अर्ब ६५ करोड रुपैयाँ आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा १० प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल १७ दशमलव शून्य सात प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा आर्जन गर्न बैंक सफल भएको छ । स्व–पुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २० वटै वाणिज्य बैंकमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई चौथो त्रैैमाससम्ममा शून्य दशमलव ८० प्रतिशतमा सीमित राख्न सफल भएको छ ।
आव २०७९/८० मा छ लाख बढी नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । पछिल्लो त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकमध्येको एक हो । बैंकले मुलुकभर तीन सय ६० वटा शाखा कार्यालयहरू, पाँच सय ५९ वटा एटीएम, एक सय ११ वटा विस्तारित काउन्टर एवम् ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- रियलस्टेटमा बैंकहरुको ऋण लगानी दुई खर्ब ६२ अर्ब
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया