Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय सहकारी बैंकको गोष्ठी

राष्ट्रिय सहकारी बैंकको गोष्ठी


काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसीबीएल) को आयोजनामा आगामी असोजमा लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी २०८० हुने भएको छ ।

‘दिगो, पारदर्शी र जोखिमरहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने नारासहित असोज २५ र २६ काठमाडौंमा गोष्ठी हुने भएको बैंकले जनाएको छ । गोष्ठीमा सहकारी संघ/संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरू, सहकारी र सहकारीका सरोकारवाला निकायका प्रतिनिधि र इच्छुक व्यक्ति तथा संघ/संस्थाका प्रतिनिधि गरी पाँच सय जनासम्मको सहभागिता रहने बताइएको छ ।

सहकारी संघ/संस्थाको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पु-याउने उद्देश्यले गोष्ठी आयोजना गरिने बैंकका अध्यक्ष केबी उप्रेतीले बताए । उनका अनुसार गोष्ठीमा लेखा सुपरीवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल हुने बताइएको छ । सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरीवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्गदर्शन प्रदान गरी सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरीवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न गोष्ठीले सहयोग पुग्ने अध्यक्ष उप्रेतीले बताए ।

बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघ/संस्थाको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुने बताइएको छ । दुई दिनसम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय/अन्तर्राष्ट्रिय विषय विज्ञको सहजीकरण रहने बैंकको लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया