Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र भिभान्त डेन्टल हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र भिभान्त डेन्टल हस्पिटलबीच समझदारी


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले देशैभर फैलिएका आप्mना एक सय ८८ वटा शाखा, एक सय ४७ वटा एटीएम तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख २५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया