Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंक सम्मानित

महालक्ष्मी विकास बैंक सम्मानित


काठमाडौं । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल (बिएफआईएन)द्वारा प्रदान गरिने एल एन्ड डी एक्सिलेन्स अवार्ड २०२३ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ । बैंकले गोल्ड श्रेणीअन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।

यही साउन २९ गते सोमबार अलफ्ट काठमाडौं होटलमा सम्पन्न लिर्डस फर द नेक्स्ट जेनेरेसन एक्सपेक्टेड द अन एक्सपेक्टेड कन्फरेन्सकाबीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको भन्दै बैंकले आम ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया