Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लघुवित्तको खुद मुनाफा २१ करोड ५१ लाख

नेसनल लघुवित्तको खुद मुनाफा २१ करोड ५१ लाख


काठमाडौं  । नेसनल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा २१ करोड ५१ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ३६ करोड सात लाख ११ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब आठ करोड ४२ लाख छ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा चार अर्ब ५२ करोड ३९ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ६५ करोड ९० लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८३ करोड ४२ लाख छ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने १६ करोड ७८ लाख १२ हजार रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ८३ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले तीन अर्ब १२ करोड ७८ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८१ करोड ६७ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८३ करोड ९२ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया