Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधौलागिरी लघुवित्तको नाफा ऋणात्मक

धौलागिरी लघुवित्तको नाफा ऋणात्मक


काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ऋणात्मक देखिएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक करोड नौ लाख ९० हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको हो । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा दुई करोड ९० लाख ३० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ७० करोड ८० लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७३ करोड ३८ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ३१ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर दुई दशमलव ७८ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ६९ करोड पाँच लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७० करोड ८८ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड १३ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर दुई दशमलव ११ प्रतिशत रहेका थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया