Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबिपि डब्लु लघुवित्तको खुद नाफा १२ लाख ६६ हजार

बिपि डब्लु लघुवित्तको खुद नाफा १२ लाख ६६ हजार


काठमाडौं । बिपी डब्लु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा १२ लाख ६६ हजार सात सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ३४ लाख २५ हजार पाँच सय ५० रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन करोड रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा चार करोड ८२ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी १७ करोड ८५ लाख ९८ हजार दुई सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७९ लाख ४२ हजार नौ सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १० लाख ४२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३४ प्रतिशत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया