एनआईसी एसिया क्यापिटलको नगद लाभांश
काठमाडौँ । एनआईसी एसिया क्यापिटल लिमिटेडले ४६ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीको बिहीबार थापाथलीस्थित कार्यालयमा सम्पन्न सातौँ वार्षिक साधारणसभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८० असार मसान्तसम्मको बासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरेको थियो । साथै, सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ४६ प्रतिशत (करसहित) का दरले हुन आउने नौ करोड २० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको संस्थाले जानकारी दिएको छ ।
सभामा कम्पनीका अध्यक्ष सन्तोषकुमार राठीले क्यापिटलले आ.व. २०७९/८० मा १० करोड ४२ लाखभन्दा बढी खुद नाफा आर्जन गरी प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ११ पैसा कायम गरी सञ्चालनमा रहेका मर्चेण्ट बैंकमध्ये खुद नाफा तथा प्रतिसेयर आम्दानीको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए । उनले क्यापिटल स्थापना भएको छ वर्ष चार महिनाको छोटो अवधिमै हाल सञ्चालनमा रहेका २५ वटा मर्चेन्ट बैंकमध्ये निक्षेप सदस्य सेवाअन्तर्गत छ लाख ६७ हजार डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवाअन्तर्गत एउटा खुलामुखी योजनासहित पाँच वटा योजना सञ्चालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा तेस्रो स्थान र लगानी व्यवस्थापन सेवाअन्तर्गत छ सय ६५ जना ग्राहकबाट एक अर्ब ८१ करोडभन्दा बढी रकम संकलन गरी तेस्रो स्थान हासिल गर्न सफल भएको व्यहोरा सभालाई जानकारी गराए । साथै, क्यापिटलले सञ्चालनमा आएको छ वर्ष चार महिनाको अवधिमै आफ्नो सेयरधनीलाई एक सय ८७ प्रतिशत रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराए ।
क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकमाझ पु-याउन, अब लाइनमा होइन । क्यापिटलको सम्पूर्ण सेवा अनलाइनमा भन्ने मूल नाराका साथ क्यापिटलसँग आबद्ध ग्राहकहरू तथा क्यापिटलबाट सेवा लिन चाहने ग्राहकलाई प्रविधिको प्रयोगमार्फत क्यापिटलमा उपस्थित नभई मोबाइलबाटै सहज र सर्वसुलभरूपमा सेवा उपलब्ध गराउँदै आइरहेको छ । साथै, आगामी दिनमा क्यापिटलले प्रदान गर्ने सम्पूर्ण सेवालाई आधुनिक प्रविधिको प्रयोगमार्फत सर्वोत्कृष्ट र उच्च कोटीको सेवा सर्वसुलभरूपमा ग्राहक माझ पु-याउने रणनीति लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- रियलस्टेटमा बैंकहरुको ऋण लगानी दुई खर्ब ६२ अर्ब
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया