Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरवीवी सेक्युरिटिजलाई धितोपत्र व्यवसाय गर्ने अनुमति

आरवीवी सेक्युरिटिजलाई धितोपत्र व्यवसाय गर्ने अनुमति


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरवीवी सेक्युरिटिज कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ ।

चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्सचेन्जको सदस्यता प्राप्त भएपश्चात् निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्ने बताइएको छ । हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामीण क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरूले पनि पँुजी बजारको सेवा लिन सकिने विश्वास गरिएको छ । यसअघि बैंकले मर्चेन्ट बैंकिङसम्बन्धी कारोबार गर्नका लागि सहायक कम्पनीको रूपमा आरवीवी मर्चेन्ट बैंकिङ लिमिटेडको स्थापना गरी मर्चेन्ट बैंकिङको सेवा प्रदान गरिरहेको छ ।

बैंकको हाल सात वटा प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया