Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअप्पर लोहोरे खोला हाइड्रोको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल

अप्पर लोहोरे खोला हाइड्रोको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल


काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच सेयर रजिस्ट्रार नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।

सेयर रजिस्ट्रार सेवाअन्तर्गत अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण सेयरहरू सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारको लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरहरूको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरिराख्नेलगायतका सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरू यही भदौ तीन गते आइतबारदेखि एनआईसी एसिया क्यापिटल लिमिटेड गर्ने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया