Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायवल नेपाल लाइफको खुद नाफा ४३ करोड २२ लाख

रिलायवल नेपाल लाइफको खुद नाफा ४३ करोड २२ लाख


काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ४३ करोड २२ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीको यस्तो नाफा २७ करोड ४८ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको आव २०७९/८० मा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ६८ रुपैयाँ २३ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया