प्रभु क्यापिटलका ग्राहकलाई गुहेश्वरी डेन्टलमा छुट
काठमाडौं । प्रभु क्यापिटलका ग्राहकलाई गुहेश्वरी डेन्टलमा छुट सुविधा मिल्ने भएको छ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको डेन्टलसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि गुहेश्वरी डेन्टल एण्ड इम्प्लान्ट हव प्रालिसँग सम्झौता भएको छ । यही भदौ एक गते भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र गुह्ेश्वरी डेन्टल मल्टिसियालिटी एण्ड इम्प्लान्ट हव प्रालिका तर्फबाट सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन् ।
क्यापिटलका ग्राहकहरूले गुहेश्वरी डेन्टल मल्टिसियालिटी एण्ड इम्प्लान्ट हव प्रालि सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्छन् । यो योजनाबाट लाभ लिन हितग्राहीहरूले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारीसहित हितग्राही खाता नम्बर उक्त डेन्टललाई उपलब्ध गराउनु पर्ने बताइएको छ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट एक वर्षसम्म लिन सक्नेछन् ।
ललितपुरको पुल्चोकमा रहेको गुहेश्वरी डेन्टल अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस डेन्टलबाट ग्राहकहरूले डेन्टल चेकअप, डेन्टल फिलिङ, तिथ ब्लिचिङ, डेन्टल एक्सट्राक्सन, तथा अन्य सेवा लिन सकिने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्छ । हाल प्रभु क्यापिटलले दुई लाख ३० हजारमाथिका हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया