Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवाको ‘तिम्रै लागि’ मुद्दती योजना

कामना सेवाको ‘तिम्रै लागि’ मुद्दती योजना


काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै, आफ्नो प्रियजनमा खुसीको सञ्चार गर्न यो योजना ल्याइएको बैंकले जनाएको छ । ‘तिम्रै लागि’ मुद्दती र बचत खाताको नयाँ योजना ल्याइएको बैंकले जनाएको छ । पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेकाले यो योजना प्रभावकारी हुने बैंकको विश्वास छ । र्द्ध

सम्बन्धपनको महत्व दर्शाउँदै उक्त खाता हजुरबुबा हजुरआमा, बुबाआमा, श्रीमान्श्रीमती, दाजुभाइ, दिदीबहिनी, छोराछोरी तथा नातीनातिनाहरूले आफ्नो पारिवारिक सम्बन्धभित्र जो कसैलाई पनि उपहारस्वरूप उक्त मुद्दती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ । न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिने खातामा मासिक ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो खाता खोल्दा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

उक्त मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उपहारको नयाँ परम्पराको सुरुवात गर्नका लागि ल्याइएको उक्त खातामा आवश्यकताअनुसार थप रकम जम्मा गर्दै जान सकिने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया