Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फोडेभलपर्स र काभ्रेको जिल्ला सहकारी संघबीच साझेदारी

इन्फोडेभलपर्स र काभ्रेको जिल्ला सहकारी संघबीच साझेदारी


काठमाडौं । विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयरलगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र जिल्ला सहकारी संघ, काभ्रेबीच रणनीति लेजक साझेदारी भएको छ । सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका तर्फबाट महाप्रबन्धक चित्राकुमारी थामसुहाङ्ग सुब्बा र काभ्रे जिल्ला सहकारी संघका तर्फबाट कोषाध्यक्ष राजन शाक्यले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पु-याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा संघका कोषाध्यक्ष राजन शाक्यले आफूलाई खुसी लागेको बताए ।

यसैगरी राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ्ग सुब्बाले यो साझेदारीले राष्ट्रिय सहकारी महासंघका सहकारीलाई डिजिटाइजेसन एवम् कोपभिजन २०३० लाई समेत सेवा पु-याउने बताइन । त्यस्तै, कम्पनीका कार्यकारी निर्देशक प्रवीन सुवेदीले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने आशा व्यक्त गरे । साथै, आगामी दिनमा अन्य जिल्ला सहकारी संघसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक सुरेश थापा, काभ्रे जिल्ला सहकारी संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी महासंघका सूचना अधिकृत रामसुदन तिमिल्सिना, इन्फोडेभलपर्सका सेल्स प्रमुख अनिश कुमार झा एवम् इन्फोडेभलपर्सका बजार प्रमुख रेशम भण्डारीको समेत उपस्थिति थियो ।

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि, सहकारी र लघुवित्तका लागि कोर बैकिङ सोलुसन विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रोडक्ट र सेवा दिन तीन सय ५० बढी कर्मचारीहरूले काम गरिरहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया