सपोर्ट लघुवित्तको खुद नाफा दुई करोड २७ लाख
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा दुई करोड २७ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ९७ लाख ८६ हजार सात सय ३० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ३० करोड ३३ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४६ करोड १६ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड दुई लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम शून्य रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८३ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले २६ करोड ९४ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ५८ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा सात करोड ९१ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ५६ लाख दुई हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात आठ दशमलव ५६ प्र्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया