मान्डु हाइड्रोपावरको आईपीओ खुला
काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले आइतबारबाट प्रतिकित्ता एक सय रुपैयाँमा एक सय छ रुपैयाँ प्रिमियम थप गरी दुई सय छ रुपैयाँ अन्तिम मूल्यमा सर्वसाधारणका लागि ७९ हजार ३० कित्तासहित गरी कुल १३ लाख छ हजार तीन सय छ कित्ता साधारण सेयरको बिक्री प्रक्रिया सुरु गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको दुई प्रतिशत अर्थात्् दुई लाख ७२ हजार सात सय ३० कित्ता सेयर प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा एक सय छ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता दुई सय छ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन गरेको सेयरमा बाँडफाँट नभएको ७९ हजार ३० कित्ता समेत गरी कुल १३ लाख छ हजार तीन सय छ कित्ता सेयरको बिक्री प्रक्रिया सुरु गरेको हो । सेयर खरिदको लागि लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही भदौ १३ गते र ढिलोमा भदौ २४ गते बन्द हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया