Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा


काठमाडौं । महालक्ष्मी विकास बैंकले परिष्कृत अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकद्वारा सञ्चालित अनलाइन सेवालाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको हो ।

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकले अनलाइनमार्फत सहजै एकाउन्ट ओपनिङ, केवाईसी अपडेट, नयाँ डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, नयाँ लकर र मर्चेन्ट (क्युआर) रिक्वेस्ट एण्ड डिस्पाट क्लेमजस्ता सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकको आधिकारिक वेवसाइटमार्फत ग्राहकले उक्त सेवाहरू लिन सक्ने बताइएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युतीय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले अनलाइन सेवालाई संशोधन गरेको हो ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरतरूपले सरल र सहजताका साथ वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङका कार्यलाई थप प्रभावकारीरूपमा निरन्तरता दिने जनाएको छ । विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहेको बैंकले आम ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया