Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा स्टक मार्केट्सद्वारा कारोबार सुरु

मेगा स्टक मार्केट्सद्वारा कारोबार सुरु


काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले कारोबार सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवसरमा पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रारम्भ गर्नका लागि विधिवत समुद्घाटन भई यही भदौ आठ गतेबाट कारोबार सुरु गरेको मेगाले जानकारी दिएको छ ।

काठमाडौंस्थित होटल एलोफ्तमा आयोजना भएको उक्त समारोहको अध्यक्षता कम्पनीका अध्यक्ष प्रा.डा गोविन्द नेपालले गरेका थिए भने समुद्घाटन प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र विशेष अतिथि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.का अध्यक्ष पृथ्वीबहादुर पाँडेबाट संयुक्तरुपमा भएको थियो । उक्त समारोहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. तथा एनआइएमबी एस क्यापिटल लि.का सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।

कम्पनीले सुशासन, नियमपरिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरूलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पु-याउँदै कम्पनीलाई शिर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जानकारी समेत गराईएको थियो । उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले कम्पनीलाई सफलताको शुभकामना दिँदै लगानीकर्ताको हकहित संरक्षणमा केन्दि«त हुने, पूँजीबजारको बिकासमा टेवा पु-याउने विश्वास समेत व्यक्त गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया