ग्रिन डेभलपमेन्ट बैंकको खुद नाफा एक करोड ८४ लाख
काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० मा एक करोड ८४ लाख ८९ हजार एक सय छ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक करोड ८६ लाख ७५ हजार ७२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५९ करोड १९ लाख रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा तीन अर्ब ९० करोड ८२ लाख ४६ हजार एक सय ३६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३० करोड ६२ लाख ३० हजार आठ सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड २१ लाख ३६ हजार तीन सय ७० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५८ प्रतिशत छ ।
अघिल्लो आवमा भने बैंकले दुई अर्ब ८८ करोड ५२ लाख ६३ हजार आठ सय आठ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५७ करोड १९ लाख चार हजार नौ सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ८१ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६० प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 8
ताजा अपडेट
- थाई एयर एसियाको उडान निलम्बित
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया