Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक कोल्हुवा शाखाद्वारा कम्पोस्ट बिन वितरण

सिटिजन्स बैंक कोल्हुवा शाखाद्वारा कम्पोस्ट बिन वितरण


काठमाडौं । सिटिजन्स बैंकको कोल्हुवा शाखाले प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई १३ वटा बैंकले एक समारोहका बिन हस्तान्तरण गरेको हो । बिन कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुबासचन्द्र नेपाललाई सो सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

कम्पोस्ट बिनको प्रयोगले उपभोक्ता भान्छाघरमा प्रयोग भएका दैनिक उपभोग्य वस्तुबाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्ने बताइएको छ । कम्पोस्ट बिनको प्रयोगद्वारा जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली र ल्यान्डफिल क्षमतामा भार कम गर्ने विश्वास बैंकले लिएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ । बैैकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४८ वटा एटीएम तीन वटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ३७ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया