लिवर्टी माइक्रो लाइफका अध्यक्ष पाण्डेको कार्यभार
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।
अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बुधबार लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष पाण्डेलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । सो अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीलाई निर्देशन दिए ।
सपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेशकुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया