उपकार लघुवित्तको खुद नाफा दुई करोड ३६ लाख
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा दुई करोड ३६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड ४२ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी १० करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा एक अर्ब आठ करोड ६५ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९२ करोड ८३ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ८२ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६१ लाख ८१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १७ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा संस्थाले एक अर्ब तीन करोड ७० लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २० करोड ५९ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड २६ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६७ लाख रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया