Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिन्धु विकास बैंकको खुद नाफा एक करोड ३४ लाख

सिन्धु विकास बैंकको खुद नाफा एक करोड ३४ लाख


काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा एक करोड ३४ लाख तीन हजार तीन सय ४२ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा चार करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ५५ करोड ७४ लाख ५६ हजार ६७ रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा चार अर्ब ८७ करोड ३२ लाख २१ हजार एक सय ३८ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५५ करोड ७० लाख ८५ हजार तीन सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ८८ लाख ६५ हजार नौ सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ७६ लाख ४९ हजार छ सय ६२ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने बैंकले चार अर्ब ७८ करोड ५७ लाख ७० हजार एक सय २१ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५४ करोड ८५ लाख ७७ हजार दुई सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ७२ लाख ८२ हजार २७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया